अविवाहित १३ बालबालिकाका बुवा ४६ वर्षीय सत्यनारायण

जकनकपुरधाम। ४६ वर्षीय सन्त सत्यनारायण आलोक अविवाहित छन्। तर, उनी १३ सन्तानका ‘बुवा’ हुन्। भन्छन्, ‘हाम्रा ११ छोरी छन्, दुई छोरा छन्। कसैलाई नालीमा भेट्टाएँ त कसैलाई झाडीबाट उठाएँ। यो मेरो ठूलो सम्पत्ति हो।’

फालिएका बच्चाको उद्धार गरी उनले एक दशकदेखि पालनपोषण गर्दै आएका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका–८ ज्ञानकुपमा उनको अनाथ आ श्रम सञ्चालनमा छ। आ श्रम चलाउन कठिन छ। मनकारीले आफ्नो विवाहोत्सव, जन्मोत्सवमा केही सहयोग गर्छन्। सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ। ‘सरकारले गर्नुपर्ने काम मैले गरिरहेको छु’, उनी भन्छन्, ‘सरकार भनेको त सहाराविहीनहरूको हो नि ! तर, यहाँ त्यस्तो देखिएको छैन।’

थाकेर आएका बेला बच्चाहरूले बाबा भनेर बोलाउँदा उनलाई आनन्द महसुस हुन्छ। भन्छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो खुसी यही हो।’ बच्चा जन्माएर फाल्नेहरूप्रति उनको चित्त दुखाइ छ। यस्ता घटना बढेकामा उनी चिन्तित छन्। समाज मानवताविहीन बन्दै गएको उनको ठम्याइ छ। अवैध सम्बन्ध लुकाउन र धेरै छोरी जन्मिएपछि बालिका फाल्ने गरेको उनको बुझाइ छ। पूरा पढ्नका लागि यहाँ जानुहोस…