
काठमाडौं। हाम्रा देश नेपालका नेताहरु हरेक प्रकारका रहेका छन् । भनिन्छ बाच्नुपर्छ जे पनि देख्न पाईन्छ । हाम्रो देश नेपालमा भ्रस्टचारी, चोर, ठगवाला लगायत सबैखाले नेताहरु भेटिएका छन् । नेपाल अहिले बिकासको गति लिनु भन्दा बिनाश र भ्रस्टचारले प्रशय पाएको छ ।
संबिधान सभाका सांसद रामहरी खतिवडालाई २ बर्ष अघि घडी चोरको आरोप लागेको थियो । कांग्रेसका नेता एबम् घडी चोरको आरोप लागेका ब्यक्ती रामहरी खतिवडाले केही दिन अघि प्रचण्डलाई कांग्रेस नभएको भए तिमिहरु जंगलको कुन कुनामा हुने थियौ भन्न भ्याएका थिए । त्यही विषयलाई लिएर दिपेन्द्र ढकालले मंगलबार सामाजिक संजाल फेसबुक मार्फत प्रचण्ड न भएको भए घडी चोर्ने अवसर पनि पाउदैनौ थियौ भनेका छन् ।
तर त्यती बेला प्रचण्ड नभएको भए खतिवडा घडी चोरको आरोपमा तत्कालिन राजा ज्ञानेन्द्रको सरकारको कालकोठरीमा जाने कुरा उनले बिर्सिएको । जुन थालमा खायो उही थालमा आची गर्ने जस्तो उनको ब्यवहारले पनि देखाउछ।
नेताहरुले नै चोरेपछि अन्य चोर र पकेटमारहरुले झन के गर्लान् भन्ने कुरा माथी प्रश्न खडा हुन नसक्ला भन्न सकिन्न । एउटा उखानै छ चोरले म चोर हो भनेर कहिल्यै भन्दैन, जो पनि सुरक्षीत हुन चाहन्छ ।
देशको एउटा जिम्मेवार ब्यक्तीले नै चोर्न थालेपछि र भ्रष्टचार गर्न थालेपछि देश कहाँ सम्म जाला त ? एक पटकको चोर सधैभरिको लागी चोर जस्तै हो । एक पटक नराम्रो छाप लगाएपछि त्यसलाई हेर्ने दृश्टिकोण फरक हुन्छ । चोरीसकेपछि आफैले आफुलाई साधु बनाएर हुन्छ त? के अब रामहरी खतिवडा साधु बन्न सक्छन् त ? यसबारे सरकार किन चुप छ र सम्बन्धित निकायको ध्यान गएको छैन ।
अबको नेताहरु सिष्ट र सभ्य बनुन् । देश र जनताको भलो संगै बिकाशका लागि बनुन् । अब देशका लागी रामहरी खतिवडा जस्ता ब्यक्ती नजन्मिउन् ।यसप्रती सम्बन्धित निकायको ध्यान जाओस् यही कामना छ।