०७६ चैत्र ११ गते मंगलबार ई. स. २०२० मार्च २४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग

बि.सं.२०७६ चैत -११,मंगलवार, इ.सं. २०२० मार्च – २४,शक संवत-१९४१,नेपाल संवत-११४० चिल्लागा,परिधावी संवत्सर,उत्तरायण,ऋतु-वसन्त, चैत्र कृष्णपक्ष तिथि-औंसी , १४:१६ बजे उप्रान्त प्रतिपदा,नक्षत्र,उत्तरभाद्रपदा , २७:४१ बजे उप्रान्त रेवती,योग-शुक्ल , १४:२८ बजे उप्रान्त ब्रह्म,करण-नाग १४:१६ बजेदेखि किंस्तुघ्न , २७:१९ बजे उप्रान्त कौलव,चन्द्रराशि-मीन,आनन्दादी योग-सिद्धि,सूर्योदय-६:०५,सूर्यास्त-१८:१७ l दिनमान -३० घडी २८ पला l घोडेजात्रा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

रोकियाका कामहरु बन्ने छन्,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –

आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको शुभ अंक ९ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

  • गुरु अदृश्य कृष्ण