बाबुरामले फेरि जातीयताको विष रोप्न थालेः रविन्द्र मिश्र

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फेरि जातीयताको बीउ रोप्न खोजेको आरोप लगाएका छन् ।

मिश्रले बाबुरामलाई विगतमा हिंसालाई संस्थागत गरेको आरोप लगाउँदै अबपनि प्रधानमन्त्री पद पाउनकै लागि उनले जातीयताको बीष रोप्न थालेको भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा ट्वीट गर्दै आज यस्तो आग्रह गरेका हुन् । प्रचण्डसित नमिलेर अर्को नयाँ शक्ति पार्टी बनाएका भट्टराई भर्खरमात्र सो पार्टीलाई उपेन्द्र यादवको फेरमसित पार्टी एकता गरेका छन् ।

सो पार्टीसित एकतामा गएपछि फेरि जातीयताको नारा उठ्न सक्ने अनुमान गरिएकाबेला मिश्रको अनुमान पनि आएको छ। माओवादी जनयुद्धकालमा ०५५ तीरमात्र बाबुरामले पार्टीमा जातीय राज्यको नारा घुसाएको आरोप छ ।

वर्गीय नारा ओझेलमा पार्नेगरी जातीयताको नारा आउनुलाई कतिपय विष्लेशकहरु पश्चिमाहरुको घुसपैठकोरुपमा लिने गर्छन् ।