मोबाइल रिचार्जमा शतप्रतिशत बोनस दिन सरकारकाे निर्देशन

काठमाडौ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ।

कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएका बेला प्राधिकरणको मंगलबारको बैठकले शतप्रतिशत बोनस र २ सय रुपैयाँ रिचार्ज बराबरको सापटी दिन निर्देशन दिने निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार यो विषम् परिस्थितिमा सापटी रकममा कुनै प्रकारको अतिरिक्त शुल्क लिन पाइने छैन।

प्राधिकरणको यो निर्णय नेपाल टेलिकम, एनेसल लगायत मोबाइल सेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन गर्नुपर्नेछ।