बेलायतमा कोरोनाबाट संक्रमित भगवती रानाभाट डिस्चार्ज, घरमा स्वास्थ्यलाभ गर्दै

काठमाडौं । बेलायतको लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पतालमा उपचार गराइरहेकी लमजुङकी भगवती रानाभाट डिस्चार्ज भएकी छन् ।

अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् ।

सामाजिक सञ्जालमा कोरोनाको उपचार गराइरहेको तस्बिर राखेपछि उनलाई संसारभरका नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।

उनका भाइ नाता पर्ने प्रकाश रानाभाटले भगवती मंगलबार अस्पतालबाट डिस्चार्ज भएको र घरमै स्वास्थ्यलाभ गरिरहेको जानकारी गराएका छन् ।

उनले मार्च २२ तारिक फेसबुकमार्फत संक्रमित भएकाे जानकारी दिएकाे थिइन ।