कतारबाट दाङ आएकी एक युवतीलाई आइसोलेसनमा राखियो

दाङ। कतारबाट आएकी दाङकी एक युवतीलाई आइसोलेसनमा राखिएको छ। बुधबार दिउँसो साढे ४ बजेतिर २१ वर्षीया उनलाई प्रहरीको सहयोगमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको हो ।

अस्पतालका सुपरिटेडन्डेन्ट डा. सर्वेस शर्माले ती युवतीको परीक्षण नमुना लिनका लागि बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउने जानकारी दिए । शर्माले भने, “टोली आएपछि संभव भएमा हामी भोलि नै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राख्‍नेछौं ।”

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती युवती तुलसीपुर क्षेत्रकै भएको बाह्रखरीलाई जानकारि दिए । “कतारबाट आएका दाङका दुई युवती रहेको खुलेपछि हामीले दिनभर खोजी गर्‍यौं,” प्रजिअ रिजालले भने, “अन्तिममा अर्की एक युवती दाङकी नरहेको पुष्टि भयो।”