कोरोनाको कहर: इटलीमा एकै दिन ६८३ र स्पेनमा ६५६ जनाले ज्यान गुमाए

काठमाडौं। कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण विश्‍वभर २१ हजार दुई सयले ज्यान गुमाएका छन्। कोरोना भाइरसले इटलीमा एकै दिन ६ सय ८३ जनाको ज्यान गएको छ। यो चीनको भन्दापनि धेरै हो। इटलीमा ५७ हजार ५ सय २१ जान संक्रमित छन् भने ९ हजार ३ सय ६२ जनाको उपचार भएको छ।

एकै दिन धेरैले ज्यान गुमाउनेमा इटलीपछि स्पेन रहेको छ। स्पेनमा एकै दिन ६ सय ५६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा हालसम्म ४० हजार ५ सय १ जना संक्रमित छन्। स्पेनमा ५ हजार ३ सय ६७ जनाको उपचारको भएको छ।

त्यस्तै फ्रान्समा पनि कोरोनाले ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै छ। फ्रान्समा एकै दिन २ सय ३१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म २० हजार संक्रमित छन् भने ३ हजार ९ सयको उपचार भएको छ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण पोस्ट