
काठमाडौं । ‘न्युज २४’ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटाकुट गरेका छन् ।
यो घटना जेठ महिनाको सोमबार रातिको हो । होटल याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोरा दीपकलाई कुटेको शंका पनि गरिन्छ । दुई बीच झडप भए पनि उनीहरुको बाहिरी हालत भने ठिकठाकै भएको बुझिन्छ ।
यो घटनापछि निकै निराश भएका ‘न्युज २४’का पत्रकार जागिर छाड्ने मनस्थितिमा पुगेका छन् । उनले हालै आफ्नो फेसबुकमा लेखे, ‘पत्रकारिताबाट पुग्यो जस्तो लाग्यो । अब फेमिली बिजनेस, फेमिली टाइम…।’ यसको अर्थ दीपकले रविकै कारण जागिरबाट हात धुनु पर्ने अवस्था आएको बुझिन्छ।
कार्यक्रम सीधा कुराको लोकप्रियता क्रमशः खस्किदै जानु र विवादमा पनि फस्दै गएका कारण रवि आफै पनि तनावमा रहेको निकटस्थहरु बताउँछन् । कार्यक्रम सीधा कुरामा असत्य र भ्रामक विषयवस्तु पनि उनले पस्केका थिए । आँखा पट्टी लगाएर पनि एक बालकले कुनै पनि वस्तुको रङ र कागजमा लेखेको छोएकै भरमा पत्ता लगाउन सक्छन् भनेर त्यो प्रकरणलाई अद्भूत क्षमता भनेर रबिले समाजमा भ्रम छरेका थिए । यर्थार्थ ती बालकले नाकको दुई साइडबाट हेरेर त्यो सबै गर्थे ।
टुँडीखेलमा राखेर भ्रष्टहरुलाई नाकको डाँडी भाँच्ने चाहना रहेको पनि उनले बताएका थिए । जुन निकै विवादास्पद भएको थियो । अमेरिकामा हुँदा एक नेपाली अभिनेत्रीसँग लिभिङ टुगेदरमा बसेको, अमेरिकी महिलासँग अवैध सन्तान उत्पादन गरेको, भएकी पत्नीलाई डिभोर्स दिएर कान्छी बिवाह गरेको भनेर पनि उनको आलोचना भएको थियो । (नेपालआज)