सबै कर्म सकेर माण्डपको २ फेरा लगाएपछि बिबाह रद्ध, कारण थाहा पाउँदा सबै चकित !

एजेन्सी। के हुन्छ जब बिबाहको सबै कर्म सकिएर माण्डपलाई फेरा लगाउने बेलामा बिबाह रद्ध भएको घोषणा हुँदा । अनि के होला जब कर्म सकिन लागेपछि थाहा हुन्छ की उनीहरु त दाजु बहिनी हुन् । समय–समयमा यस्ता घटनापनि हुँदा रहेछन् । बिबाह सकिनै लाग्दा युवतीले बेहुलालाई दाई भन्नुपर्ने र युवकले बेहुलीलाई बहिनी भनेर पो सम्बोधन गर्नुपर्ने भयो । यस्ता अनौठा घटना सायद विश्वमा कमै हुन्छन् । भएको के भने विवाहको समयमा ७ फेरा लिनुपर्ने हुनुपर्छ तर २ फेरा लिएपछि केटीले दाई भनेपछि तनाब भएको हो ।

भारतको उत्तर प्रदेशको ग्राम ओडिलामा एक अनौठो घटना भएको हो । विवाहको बेला सात फेरा लिने बेलामा २ फेरामा उनिहरुको गोत्र एउटै भएको भन्दै दिदीभाई भनेर विवाह बिचमा रोकिएपछि सबै अच्चममा परेका हुन् । तर केटा पक्षले दुलाहलाई गोडामा र जन्तीलाई जीपमा राखेर नल्याएको भन्दै केटीपक्षले विवाह रद्ध गर्दिएको हो भन्ने आरोपपनि छ ।

कोलारसको रामगढ़ चक्क निवासी परमा आदिवासीका छोरा खुशालीरामको विवाह ईसागढ़का ओडिला निवासी मोहर सिंहकी छोरी सबीनासँग गएको १७ जूनमा तय गरिएको थियो । दुलाह पक्ष ३० जना जन्तीसहित ट्याक्टर र ट्रलीमार्फत ओडिला पुगेका थिए । जबकी केटीपक्षले जन्तीलाई जीपमा वा गाडीमा र केटालाई घोडामा राखेर ल्यान अनुरोध गरेका थिए ।

जब फेरा चलिरहेको थियो तब केटीपक्षले भन्यो, ‘हामीलाई जानकारी भयो कि केटापक्ष र केटीका मामाको गोत्र एउटै पर्न गएको देखिएको छ ।’ यति भनेपछि विवाह रोकियो अनि दिइएको दाईजोलाई ट्याक्टर र ट्रलीबाट निकाल्ने काम पनि भयो । केटीपक्षको यस्तो हर्कत पछि केटा पक्ष जन्तीसहित प्रहरी चौकी पुगेको छ । घटनाका बारेमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।