रिसले चुर हुँदै रविले दिए यस्तो प्रतिक्रिया, कुटाकुटको समाचार लेख्ने पत्रकार बेपत्ता !

काठमाडौ। चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता सँगका प्रस्तोता रवि लामिछाने र उक्त कार्यक्रमका निर्माता दिपक बोहोरा विच होटल याक एण्ड यतिमा कुटाकुट भएको विषयमा कार्यक्रम प्रस्तोता रवि लामिछानेले पनि मुख खोलेका छन् । नेपाल आज नामक अनलाइन समाचार पोर्टलले लेखेको समाचारको स्कृन सर्ट सहित फेसबुक स्टाटस लेख्दै लामिछानेले म कहिले होटल याक एण्ड यति गएँ ? भन्दै प्रश्न गरेका छन् ।

रविले उक्त अनलाइनका पत्रकारलाई समाचार लेखे जस्तै पुष्टी गरेर देखाउँन पनि चुनौती दिएका छन् । आफुलाई बदनाम गर्न हात धोएर लाएकाहरुको सिकार भएको पनि रविले भनेका छन् । रविका अनुसार उक्त समाचार लेख्ने पत्रकारलाई रविले पटक पटक फोन गर्दा पनि फोन उठाएका छैनन् भने अहिलेले ती पत्रकार फोन नै अफ गरेर बेपत्ता भएका छन् । रविले उनलाई पत्ता लगाउँन सहयोग गर्न पनि शुभेच्छुकलाई आग्रह गरेका छन् । यस अघि कार्यक्रमका निर्माता दिपक बोहोराले पनि रवि र आफ्नो कुनै मनमुटाव नभएको र अफुहरुलाई फुटाउँन विभिन्न अनलाइन मिडिया लागिरहेको स्पष्ट पारिसेका छन् ।

यस्तो छ भर्खरै रवि लामिछानेको ताजा फेसबुक स्टाटस

‘उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका मेरा सहकर्मीबीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ?उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला।उहाले मेरो फोन उठाउनु नै भएन अहिले off गर्नु भो।हामी अर्को हप्ता कार्यक्रमको ४०० भागको तयारीसगै कार्यक्रम निर्माणमा ब्यस्त छौ। उहाँ लगायत धेरै मित्रहरु प्रत्यक दिन केही न केही लेखेर खेद्ने तयारीमा हुनुहुन्छ।यस्तै हो पत्रकारिता? उहाँहरु जस्ताको एउटा ठूलो समूह छ जो अब जिन्दगी भर खेदी रहने प्रण सहित लाग्नु भएको छ।कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखि सकेर घर गएर आफ्ना सन्तान र बा आमाको आँखामा आँखा जुदाउन कसरी सक्नुहुन्छ?छि .. यस्तो काम गरेरपनि के खानु?

अनि आर्यन तामाङ भनिने अनिल तामाङ जी.. मध्य रातमा प्रहरिको कुटाई खाएर रिपोर्टिङ गर्ने मरो रिपोर्टरलाई तपाईंले लगाउनु भएको आरोपका बारे तपाइँसङ लाईभ कुरा गर्न ४ पटक कल र म्यासेज गरि सके। न भाग्नुहोला,आज लाईभ कुरा गरौ।अथार्थ सुनेर जिब्रो टोक्ने कि हामीलाई गरेको गाली गलौज सहितका कमेन्टहरु मेट्ने,आजको कार्यक्रम पछि निर्णय लिनुहोला।’