
काठमाडौं। प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेपछि गायक शम्भु राईले कपिराइटमा मुद्दा दर्ता गरेका छन् । बिहीबार नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा राईले मुद्दा दर्ता गरेका हुन् ।
“मैले मिलेर जाऊँ मुद्दामामिलामा नजाऊँभन्दा प्रकाशजी मान्नु भएन त्यसैले म वाध्य भएर कपिराइटमा गएको हुँ,” राईले बाह्रखरीसँग भने । रनिष्टारको कार्यालयले राईलाई भोली (आइतबार) विहान ११ बजे छलफलका लागि बोलाएको छ ।
रजिष्टारको कार्यालयले दुई जनाबीच आपसी छलफलमा जान आग्रह गर्नेछ । तर दुईपक्षबीच सहमति हुन नसके प्रहरी हुँदै मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ ।
आफूले क्रियसन वाई सम्भूराई राखिदिए मात्रै पुगे बताइरहेको पनि कपिराइटमा गएपछि त्योबाहेक आर्थिक पक्ष पनि तानिने उनी बताउँछन् ।
‘गलबन्दी’का गायक प्रकाश सपूतले आफू सम्बन्धीत ठाउँमा गएर छलफल गर्न तयार रहेको बतानए । “म उहाँले कहाँ कहिले बोलाउनु हुन्छ छलफल गर्न तयार छु,” उनले बाह्रखरीसँग भने ।
यसैबीच राईले गीतसंगीत सम्बन्धी विभिन्न संघसंस्थाको ढोका ढक्ढक्याएका छन् ।
प्रस्तोता समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ, संगीतकार संघ लगायत विभिन्न आधा दर्जा संस्थामा गएर उनले परामर्श गरेका हुन् ।
संगीतको विश्वब्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट लाग्दैन ।
‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो ।