प्रधानमन्त्रिको निर्देशनमा सांसद चौधरीको खुट्टामा बाँधिएको फलामे सिक्री हटाइयाे

काठमाडौ। सांसद रेशम चौधरीको खुट्टामा बाधिएको फलामे सिक्री प्रधानमन्त्रिको निर्देशनमा फुकालिएको छ । बिरामी भएपछि वीर अस्पतालमा भर्ना गरिएको उनलाई खुट्टामा नेल र हातमा हत्कडी लगाएर राखिएको थियो।

खुट्टामा बाधिएको सिक्री १४ किलोग्रामको सिक्रीले बाँधेर सांसद चौधरीको उपचार भइरहेकाे थियाे।

उनमा फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएका थिए । त्यसरी खुट्टामा बाधिएको सिक्री अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत रहेको भन्दै विरोध गरेपछि हटाइएको बताइएको छ।