विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सकिँदैन् : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा भएका नेपालीहरुलाई सरकारले अहिलेको अवस्थामा स्वदेश फिर्ता ल्याउन नसक्ने स्पष्ट पारेका छन् ।

प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । नेपालमा कोरोना संक्रमित भएका सबैजना विदेशबाट आएकाहरु भएकोले सरकारले सबै उडान बन्द गरेको पनि उनले सुनाए ।

बाहिरबाट आएका व्यक्तिमा भएको कोरोनाको संक्रमणलाई समूदायमा पुग्न नदिनु नै आफूहरुको अहिलेको मुख्य चूनौति भएको पनि ज्ञवालीले स्पष्ट पारे ।

उनले भने,”त्यही प्रयोजनको लागि हामीले चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन सुरु गर्यौं । यसको प्रभाव राम्रो देखिएको छ । जनताले एकदमै राम्रोसँग साथ दिनुभएको छ । यो बेला एकाध छिटपुट घट्ना त जहाँ पनि भैहाल्छन् ।”

भिडियो अन्तर्वार्ता हेर्नुहोस: