६१ वर्षिय आमाले जन्माइन् नातिनी

काठमाडौं। समलैगिंक विवाहमा बाँधिएका छोराको लागि ६१ वर्षको आमाले आफ्नै कोख प्रयोग गरी नातिनी जन्माईदिएकी छिन् । बिगत चार बर्ष अघि विवाह बन्धनमा बाँधिएका आफ्नो छोरा स्याथ्यू र उनका २९ वर्षिया श्रीमान इलियट डागर्थीका लागि ६१ बर्षीय आमा सिसिल इलिइडिज सरोगेट मदर बनेकी हुन्।

उनले गत २५ मार्चका दिन अमेरिकाको ओमाहामा रहेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टर ५ पाउण्ड १३ औँन्स तौलको शिशुको जन्म दिएकी छिन् । सिसिल १८ घण्टाको सुत्केरी व्यथा पछि उनले नातिनी जन्माउन सफल भएकी हुन् । नवजात शिशुलाई लेवर रुममा रहेकी नर्सले सिसिलकै काखमा राखिदिएकी थिइन । उनको चाहना अनुसार त्यसो गरिएको नर्सले बताइन।

आमाले यसरी आफ्ना लागि सन्तान जन्माइदिएपछि म्याथ्यूले निकै खुशी हुँदै आमाको महानता भन्दै मुक्तकण्ठल प्रशंसा गरेका हुन्।