काठमाडौ बाहिर यस्तो बनिसक्यो धरहरा (भिडियो)

तनहुँ। आज हामी तपाईलाई नयाँ धरहरा देखाउदैछौ । ७२ सालको महाभुकम्प पछि धरहरा चढने धेरैको सपना तुहियो । तर अब चिन्ता नलिनुस आजभोली नै धरहरा चढ्ने तपाइृको रहर मज्जाले पुरा हुन्छ,तर काठमाडौमा होईन । यो रहर पुरा गर्न तपाई तनहु जिल्ला पुग्नुपर्नेहुन्छ ।

हजुर हामीले देखाईरहेको यो धरहरा तनहुँ जिल्लाको बन्दिपुर गाउँपालीका अन्तरगत बिमल नगरको हो । सानातिना धरहरा त धेरै बने तर यो धरहरामा भने १५ जना सम्म एकैपटक चढ्न मिल्छ । हिलेन होटेलका सञ्चालक लालकुमार श्रेष्ठ ले बनाएका हुन । उनि हिमालयन रोडीज पहिलो सिजनकी टप फाईभ हुन सफल सुजना श्रेष्ठको बुवा हुन ।

१० लाख लागतमा निर्माण भएको यो धरहरा हेर्न र चढ्न दैनिकजसो पर्यटकको घुईचो लाग्ने गरेको छ । छेउमा मस्यादी नदी र अग्ला अग्ला डाडाकाडाको बिचमा यो धरहरा विशेष देखीएको छ । मुग्लिनदेखी दमौली पोखरा लाग्ने बाटो आवतजावत गर्ने जोकोही नजर एकपटक यता परेकै हुन्छ । तनहुको यो धरहराको निर्माण कसरी भयो र यस्का अरु केके विषेशता छन थाहा पाउन हेर्नुहोस पुरा भिडियो: