
काठमाडौँ। इथियोपियामा सैनिक प्रमुखको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन्। राजधानी अदिस अबाबामा सेनापति जनरल सियरे मेकोनेनको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका हुन्।
सेनापतिको हत्या त्यहाँको विद्रोहसँग जोडिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। इथियोपियाली प्रधानमन्त्री अबी अहमदले जनरल मेकोनेनले देशको उत्तरी अमहारा क्षेत्रमा हुनलागेको कूलाई रोक्न खोजेका थिए। सेनापतिसँगै अर्का जनरल गेजाई अबेरा पनि मारिएका छन्। इथियोपियाको प्रधानमन्त्री कार्यालयले अंगरक्षकलाई नियन्त्रणमा लिइएको जनाएको छ।