पानीको बहाव बढेपछि मनाङ जाने मोटरेवल पुल बगायो

लमजुङ। मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको मोटरेवल पुल बगाएको छ । मनाङ प्रवेश गर्ने एकमात्र मोटरेवल पुल हो ।

मोटरेवल पुल बगाएपछि यातायात ठप्प भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

आइबार दिउँसो २ बजे पानीको बहाव बढेपछि मोटरेवल पुल बगाएको हो ।

मस्र्याङदी नदीमा पानीको बहाव बढ्यो ।

नदी आसपासका बस्तीलाई सतर्क रहन र नदीको छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ ।