नेल खोले पछी रेशम चौधरीले प्रधानमन्त्रीलाई यसो भने

काठमाडौं । १४ किलोको फलामको नेल लगाएर वीर अस्पतालमा उपचाररत निलम्वित सांसद रेशम चौधरीले आफू भाग्छ भनेर कुनै शंका नलिन आग्रह गरेका छन् । उनले आफू उपचार गर्न अस्पताल आएको र यहाँबाट यहाँबाट कुनै पनि हालतमा नभाग्ने बताएका हुन् ।

चौधरीले टीकापुर घटनामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि डिल्लीबजार कारागारमा कैद भोगिरहेका छन्। बिहीबार उनको स्वास्थ्यमा समस्या आएपछि कारागारबाट उपचारका लागि वीर अस्पताल लगिएको थियो।
निलम्बित सांसद चौधरीलाई अस्पतालको बेडमै नेल लगाएपछि निकै विरोध भएको थियो। वीर अस्पतालको बेड नं. ५ मा रहेका चौधरीले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै आफू कुनै पनि हालतमा नभाग्ने बताएका हुन्।

उनले भने, ‘मेरो खुट्टामा १४ किलोको नेल लगाउनु पर्दैनँ। म भाग्दिनँ ।’ चौधरीले प्रश्न गरे, ‘आत्मसमर्पण गरेको मान्छे कहाँ भाग्छ ?’

टीकापुर घट्नापछि उनी दुई वर्ष फरार रहे। प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। फरार रहेकै अवस्थामा प्रतिनिधिसभामा उम्मेदवार बनेका उनले कैलाली निर्वाचन क्षेत्र नं‍‍. १ बाट चुनाव पनि जिते। अदालतले दोषी ठहर गरेपछि उनको सांसद पद निलम्बनमा छ।

उनलाई अस्पताल भर्ना गर्ने वितिक्कै १४ किलोग्रामको नेल लगाएको थियो। सबैतिरबाट विरोध हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेल हटाउन निर्देशन दिएका थिए। उनको खुट्टामा लगाएको नेल हिजो हटाईएको छ।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भेट्न आएपछि नेल हटाउने अवस्था आएको उनको भनाइ छ। डा।भट्टराईले उनको फोटोसहित ट्वीट गरेका थिए।

चौधरीले नेल हटाएकोमा प्रधानमन्त्री ओलीलाई पनि धन्यवाद दिएका छन्। त्यस्तै, नेल हटाउने प्रहरीलाई पनि धन्यवाद भनेका छन्।