बिएमडब्लुको ‘जि३ १०आर’ मोडलको मोटरसाइकल को मूल्य र बिशेषताहरु जान्नुहोस

काठमाडौँ। संसारको चर्चित ब्राण्ड बिएमडब्लुको ‘जि३ १०आर’ मोडलको मोटरसाइकल गत डिसेम्बरमा नेपालमा सार्वजनिक भएको छ । यो सगैँ ‘जि ३ १० जिएस’ पनि सार्वजनिक भएको थियो । ३१३ सिसीको सिङ्गल सिलिण्डर भएको ‘जि३ १०आर’ नेपाली युवा माझ लोकप्रिय बनेको छ।

यो हेर्दा निकै आकर्षक र स्पोर्टी छ। यसलाई कम्पनीले चलाउन सहज हुने गरी डिजाइन गरेको छ।कम्पनीले कालो र रातोको मूल्य ९ लाख ५० हजार निर्धारण गरेको छ भने सेतो रङको मूल्य ९ लाख ७५ हजार रुपैयाँ रहेको छ।

‘जि ३ १० जिएस’ले ९५०० आरपिएममा ३४ बिपिएच पावर र ७५०० आरपिएममा २८ एनएम टर्क जेनेरेट गर्छ।

यसको फ्युल ट्याङ्क क्यापसिटी ११ लिटर भएकोले लामो दूरीमा धेरै समस्या पर्दैन।टप स्पिड १४३ किलोमिटर प्रतीघण्टा भएको ‘जि ३ १० जिएस’को ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटर रहेको छ।