कतारलाई ०-२ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं। अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।