नशा नशामा राजतन्त्र ! पूर्व राजा ज्ञानेन्द्र शाहको ट्याटु छातीमा खोप्ने यी युवा को हुन् ?

काठमाडौँ। पछिल्लो समय एक युवा मिडिया तथा सामाजिक संजालमा निकै प्रख्यात छन्, जसले पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाहको तस्बिर अंकित टिसर्ट मात्रै बनाएका छैनन् छातीमा पुर्वराजा शाहको ट्याटू नै खोपेका छन् । उनी हुन् , धादिङ्गका सन्तोष राजाबादी ।

उनको पारिवारिक पृष्ठभूमी नै राजतन्त्र भएकोले उनी पनि रजप्रेमी हुन् । नशा नशामा राजतन्त्रको रगत बगेको बताउने सन्तोष राजाबादीले हिन्दु रास्ट्र हुनु पर्छ भन्ने उदेश्यले स्थापित संस्था वीर गोर्खाली नामक संस्थामा आबद्ध भएर राजसंस्था र हिन्दुराज्यको लागि अभियन्ताको रुपमा लागिपरेका छन् । सन्तोष राजाबादीले हरेक दिन राजतन्त्र र राजाको बारेमा ५९६ वटा स्टाटस लेख्ने गरेका छन् ।

छातिको दुबै पट्टी राजा ज्ञानेन्द्रको ट्याटु खोपेका सन्तोष राजाबादीले आफ्नो एउटा ट्याटु खोप्न ८९ १० घन्टा लागेको र ट्याटु खोप्न १२ हजार खर्च लागेको बताए । आफुको राष्ट्र प्रतिको माया भएको बताउदै उनले आफ्नो शरिरको नशाको कण कणमा राजसस्थाको रगत बगेको बताए ।

बाँकी कुराकानी हेर्नुहोस्-