धर्म बहादुरको पिडामा रोयो इन्द्रेणी, तरकारी किन्न ल्याएको पैसा पनि धर्मलाई सहयोग

काठमाण्डौं, ०९ आसार- सानीभेरी गाउँपालिका ७ रुकुम पश्चिमका धर्म बहादुर ओलीलाई देश विदेशबाट सहयोग आउने क्रम जारी छ । समाजसेवी सानीभेरी ११ अर्माका ऋषिराम खड्काले वैशाख २१ गते अर्थात आमाको मुख हेर्ने दिनदेखी सुरु गरेको सहयोग अभियानले अहिले सार्थकता पाउदै गईरहेको छ । उक्त अभियानमा विभिन्न मिडियाहरुमा समाचार र युट्युब च्यानलहरुमा धर्मको अन्तर्वार्ताहरुको पहल नि खड्काले नै गर्नुभएको थियो । उसोत कृष्ण ओली र रुपा मगर ओलीलाई पनि पहिलोपटक मिडियामा ऋषिराम खड्काले नै ल्याएका थिए ।

धर्म बचाउ अभियानको प्रतिनिधित्व स्थानीय रुपमा पत्रकार नारायण ओली लगायतको टिमले गरेको छ भने, हरेक प्रहर साथ सल्लाह पत्रकार सचिन रोका, कमल सरगमले गर्नुभएको छ । क्रमश सानीभेरी गाउँपालिका, राप्ति ज्ञानोदय स्कुल सिम्ली, रुकुमेली गायक तिलक परियार, जय देवकोटा लगायत देश तथा विदेशमा रहनुहुने थुप्रै मनकारी सहयोगीहरु यो यात्रामा जोडिने क्रम जारी छ ।

खड्काकै विशेष पहलमा एबिसी टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणीको आउँदो एपिसोडको लागि धर्म बहादुर ओलीको भिडियो रेकर्ड भैसकेको छ । धर्मको वास्तविक जीवन कथाले इन्द्रेणी सिंगै रोयो । ‘वर्षौँदेखि श्रीमानको बाटो कुरेकी आमाले छोरो निको भएर आउँला भन्दै दैलो कुरेकी छिन, साना छोराहरु बुवा निको भएर आउलान र पढौँला भनेर पर्खेका छन, श्रीमतीको श्रीमानलाई निको बनाएर घर जाने चाहना छ’ उनीहरुको पिडा सुनेर हेर्न आएका दर्शकहरु नि धरधरी रोए । कायक्रममा इन्द्रेणीले २०,००० सहयोग गर्यो भने सहयोग अभियानका संयोजक ऋषिराम खड्का स्वयंले १०,००० दश हजार, धर्मका साला चन्द्र प्रकाश रोकायाले ६०,००० हजार, कुश्मा देवकोटा रु. ५,००० पाँचहजार र आठ्बिसकोट मौरी पालन समुहले ४ हजार लगायत अन्य गरी १ लाख छ हजार ६ सय सहयोग गरेका छन् ।

सहयोगी मध्य कोहिले भ्रमण खर्च कटाएर, कोहिले तरकारी किन्न ल्याएको पैसा समेत दिएका थिए । ‘इन्द्रेणीले धेरैको जीवन फेरेको छ । समाजको संवाहक हो इन्द्रेणी । हरेक तह-तप्का, गाउँघर, कुना कन्दराका आवाज बोल्ने इन्द्रेणीलाई बचाउनु पर्छ’ भन्दै उक्त कार्यक्रम मार्फत ऋषिराम खड्काले रु ५ हजार इन्द्रेणी टिमलाई पनि सहयोग गर्नु भएको थियो ।

दश वर्षे शसस्त्र द्वन्दमा लागेका गोलिका छर्रा निकाल्न जाँदा धर्म बहादुर ओलीको पेनिस क्यान्सर भएको पत्ता लागेको थियो । उपचार गर्दा घरखेत बेचेर पनि नपुग्ने ऋण बोकेर मृत्यु कुरेका धर्मलाई अलिकति आशा पलाउन थालेको धर्मले सिधान्युज सँग बताए ।

धर्मको परिवारले धर्मलाई बचाईदिन देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनी सबैसँग सहयोगको याचना गरेका छन । यदि उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने उहाँको ग्लोबल आइएमई बैंकमा धर्म बहादुर ओली, AC 0707010008210 खाता नम्बर रहेको छ भने थप जानकारीको लागी उहाँको फोन नम्बर ९८४७९८२३१७, ९८४७९९९४८६ मा पनि सम्पर्क गर्न सकिने छ । आर्थिक सहयोग गर्न नसकेनी सामाग्री सेयर गरेर पनि सहयोग गर्नुहोला आज उहाँलाई परेको समस्या भोलि तपाईहामी जो कोहिलाई पनि पर्न सक्छ । सेवा नै धर्म हो ।

भिडियो यहाँ हेर्नुहोस: