जातिय विभेद हुने टिप्पणी आएपछि प्रकाश सपुतले पनि दिए यस्तो जवाफ

काठमाडौं। गीतकार तथा गायक प्रकाश सपुतले पछिल्लो पटक सार्वजनिक गरेको गलबन्दी बोलको गित विवादित भएको छ । उनलाई सो गित चोरी गरेको आरोप लागेको छ । वरिष्ठ गितकार शम्भु राईको गितसंग मेल खाएको भन्दै विवादित भएपछि उनले त्यसको जवाफ पनि दिइसकेका छन् । तर पनि प्रकाशलाई भेट्न चाहने र कुरा गर्न चाहनेहरुलाई रेस्पोन्स नगरेको भन्ने गुनासो आइरहेको बेला प्रकाशले आफु कतै नभागेको बताएका छन् ।

कामको ब्यवस्तताका कारण आफुले फोन उठाउन नपाएको स्पष्टिकरण दिँदै उनले भनेका छन्, मलाई अहिले पनि कामको फोन र शोका लागि आउने फोनहरु नै धेरै छ । त्यसैले मिडियावाट आउने फोन त्यती रेस्पोन्स गर्न पाएको छैन । अहिले म सामाजिक सञ्जालवाट अलि टाढा भएको छु । उनले कामका लागि मात्र फोन अफ गर्ने गरेको बताए ।

नयाँ कामका लागि अलि प्रिपेयर गरेको उनले जानकारी दिए । केही दिन पछि नै अर्कानयाँ गित सार्वजनिक गर्ने तयारी गरकोले पनि सामाजिक सञ्जाल देखि टाढा भएको बताए । उनले आफु विवादका कारण भागेको भन्ने अर्थ नलगाउन आग्रह गरेका छन् । अहिले उनी तिजको गितका लागि पनि ब्यस्त हुन थालेको बताएका छन् । गलबन्दीमा आएको विवादले आफु बिचलित नभएको उनको भनाई छ ।

जातिय विभेद हुने टिप्पणी आएपछि प्रकाश सपुतले दिए यस्तो जवाफ, भिडियो हेर्नुहोस: