
काठमाडौँ। गलबन्दी गीत अहिले चर्चामा छ । छोटो समयमा करोड क्लबमा पुग्ने पहिलो नेपाली गीत बनिरहँदा बिबादमा पनि तानिएको छ । वरिष्ठ गायक शम्भु राईको ४७ सालमा रेकर्ड गरिएको देउसी भैलो गीतको लयसँग गलबन्दीको लय मिलेपछी विवाद आएको हो ।
शम्भु राईले लय मिलेको भएकाले गलबन्दी गीतमा आफ्नो नामलाई पनि समाबेश गर्न पर्ने बताएका छन् भने गलबन्दीका गायक प्रकाश सपुत भने लोक गीत भएकाले धेरै लोक गीतको भाका र लय मिलेको र आफुले जानी जानी सो भाका कपी नगरेको बताउछन् ।
संगीत, लयमा आफुलाई क्रेडिट दिनुपर्ने राईको भनाई छ भने आफ्नो मेहनतले गीत बनाएको र अग्रजले अनुजलाई साथ र हौसला दिन पर्ने सपुतको तर्क छ । उनले राईलाई चिठ्ठी पनि लेखे । त्यही चिठ्ठी र उनले जोडेको भाईरल हुने काइदालाई वरिष्ठ गायक शम्भु राईले सम्बोधन पनि गरेका छन् । उनले सपुतको आफ्नै कुरा बाझेको पनि जोडे र आफुलाई पैसाको कुनै मोह नभई आफ्नो सिर्जना आफ्नो नाम जोडीन पर्ने उल्लेख गरे ।
आफ्नो सिर्जना माथि कसैले आज धावा बोलेको र भोलीको दिनमा अरुको अस्तित्व र सिर्जना माथि पनि प्रश्न उठ्ने हुन सक्ने वरिष्ठ गायक शम्भु राईको दावी छ।
यहि विषयमा विभिन्न सर्जकहरुको राय बुझ्दा उनीहरुले आ-आफ्नो धारणाहरु राखेका छन् । पुरा भिडियो हेर्नुहोस