बन्दको प्रभाव आशिंक, बनेपामा बम विस्फोट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा कम परेको छ । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आवहान गरेको हो ।

बन्दको बिहानैदेखि उपत्यकामा अरु दिनको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । तर प्रभाव कम देखिएको छ । सार्वजनिक गाडीहरु आशिंक रुपमा थोरै भए पनि चलेका छन् । निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन् । तर लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।

त्यस्तै केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ। ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।

यसैबिच ललितपुरको जावलाखेलमा मंगलबार बिहान कालो झोलामा संकास्पद बस्तु भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन।

त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।