तीब्रगतिमा गुडिरहेको नेपाल प्रहरी भ्यानको पाङ्ग्रा फुत्किएपछी…

रौतहट। जिल्लामा तीब्र गतिमा गुडिरहेको प्रहरी भ्यानको अगाडिको पाङ्ग्रा फुत्किँदा दुर्घटना भएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलवार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा २ प्रहरी र २ थुनुवा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

सामान्य घाइते भएका ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिकात्मक तस्वीर