विष्णु पाैडेलकाे विदाई गर्न सिके राउत विमानस्थलमा !

काठमाडौं। नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल दक्षिण कोरियाको भ्रमणमा निस्किएका छन । महासचिव पाैडेल दक्षिण कोरिया सरकारको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । उनीसँगै अर्थविद् प्रा. डा. गोबिन्द नेपाल पनि भ्रमणमा निस्किएका छन् ।

भ्रमणका क्रममा महासचिव पाैडेलले जलविद्युत आयोजना, रेल कम्पनी, आईसिटी केन्द्र, सांस्कृतिक सम्पदा लगायतको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै दक्षिण कोरियामा रहँदा पाैडेलले सत्तारुढ दल मिन्जु पार्टीका अध्यक्ष, नेपाल कोरिया सांसद मैत्री समितीका पदाधिकारी लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

महासचिव पाैडेलको विदाइ गर्न डा‍. सिके राउत र नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ विमान्स्थल पुगेका थिए । राउत दुइ हप्ते युरोप भ्रमण सकेर सोमबारमात्र स्वदेश फर्किएका हुन ।