बन्द कै दिन ठूलो संख्यामा नेकपामा प्रवेश गर्नेको ओईरो

चितवन। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले चितवनमा ठूलो संख्यामा युवाहरुलाई पार्टी प्रवेश गराएका छन् । पूर्वी चितवनका युवाहरुले पार्टी प्रवेश गराउदै प्रचण्डले देशको जिम्मा युवाको काँधमा छाडेर जान इच्छा रहेको दाबी गरेका छन् ।

आज विप्लव नेतृत्वको बन्दको दिनमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले विषेश दिनमा पार्टि प्रवेश गर्न लागेकाले समेत यसलाई महत्वपूर्ण रुपमा लिएको बताएका छन् ।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरूले नेकपामा प्रवेश गरेका हुन् ।