
काठमाडौं। नेपाल बन्दका कारण देशभरकाे जनजीवन प्रभावित बनेकाे छ भने देशकाे विभिन्न २८ स्थानमा शंकास्पद बस्तु भेटिएकाेमा १२ स्थानको विष्फोटक वस्तु निस्क्रिय पारेकाे प्रहरीले जनाएकाे छ ।
नेपाल प्रहरीका अनुसार तीन ठाउँमा ग्याँस सिलिण्डर बम, दुई ठाउँमा सकेट, चार ठाउँमा प्रेसरकुकर बम, सुतली बम, टाइम बम रु आरसीआइडी बम निस्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले आजकाे न्युजलाई बताए ।
प्युठान, बाग्लुङ, बझाङ, बर्दिया, मुस्ताङ, सिन्धुली, सोलुखुम्बु, मोरङ रामेछाप, रुपन्देही, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र स्याङ्जामा गरी २८ ठाउँ फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अहिलेसम्म बन्द गराउँदै हिँड्ने विप्लव नेकपाका ७ जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्। प्रहरीका अनुसार विनोद सोनार, छविलाल घर्तीमगर, गम्भीर शेर्पाली, विवेक विक, दीर्घराज र भागिराज राईलाई नियन्त्रणमा लिइएकाे हाे ।