धुर्मुस–सुन्तलीले नसके सरकारले नै रंगशाला परियोजना पूरा गर्ने: प्रचण्ड

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुर्मुस–सुन्तलीले नसके सरकारले नै चितवनको रंगशाला परियोजना पूरा गर्ने बताएका छन् ।

उनले भरतपुर–१६ मा निर्माणाधिन रंगशाला चितवनको वा धुर्मुस–सुन्तली फाउन्डेसनको परियोजनामात्र नभर्इ देशकै परियोजना भएको बताए ।

भरतपुर महानगरपालिकाको नगरसभामा बोल्दै उनले रंगशाला बनाउन आर्थिक संकलन भइरहेको तर कदाचित् पैसा नउठे सरकारले नै परियोजना पूरा गर्ने बताए ।