नेपाल आउन पाउँदा उत्साहित छु – आदित्य

काठमाडौ। नेपाल अहिले विदेशी कलाकार तथा गायक–गायिकाका लागि कार्यक्रम गर्ने राम्रो हब बनेको छ । विशेषगरि, बलिउडका चर्चित कलाकार, गायक–गायिकालाई नेपालमा ल्याएर कार्यक्रम गर्न नेपाली आयोजक पनि हौसिएका छन् । केही दिन अगाडि मात्र गायिका नेहा कक्कड नेपाल आएकी थिइन् । तर, उनको कार्यक्रम भने विवादित बन्यो।

यसैविच, गायक आदित्यनारायण झा पनि नेपालमा कन्सर्टका लागि आउँदैछन् । जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ।

आदित्यले भिडियो सन्देश मार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भनेका छन्–‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्र्तगट नै नेपाल आउँदैछु ।’ उनले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन्।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ । आयोजकले आदित्यको नेपालमा राम्रो क्रेज देखेर नै ल्याउन लागेको बताएको छ।