
क्वालालम्पुर। मलेसियाको जोहोर बारु स्थित ताम्पोइमा नेपाली नेपाली बिच साधारण भनाभन हुदा चक्कु प्रहार भएको छ ।
गत राती खोटाङका सुजन राई मदिरा सेबन गरि कोठामा आएको र साधारण भनाभन हुँदा आफ्नै रुमका बर्दिया घर भएका दुर्गा चन्द ठकुरी माथी चक्कु प्रहार गर्दा चन्द सख्त घाइते भएका छ्न ।
घाइते चन्द अहिले जोहोरको सुल्तान हस्पिटलमा उपचाररत रहेको गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोरका सल्लाहकार राजु मल्ल ठकुरीले जानकारी दिनुभएको छ ।
चक्कु प्रहार गर्ने सुजन भने घटना लगत्तै झ्यालबाट हाम्फालेर फरार भएका छन्।