सातै प्रदेशमा यसरी हुँदैछ कक्षा १२ को पढाई

काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी महा मा रीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ । वार्षिक शैक्षिक क्यालेण्डर नै लागू नहुने यो स्थितिमा नेपाल शिक्षक महासङ्घको पहलमा कक्षा १० ९एसइई० का विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले विद्यार्थी हेल्प डेस्कको स्थापना गरिएको छ । सातवटै प्रदेशमा मुख्य पाँच विषयका शिक्षक समावेश गरी गत चैत १३ गतेदेखि यो डेस्कबाट अनलाइन सहयोग भइरहेको छ । डेस्कले जिल्लामा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी अनलाइन तालिम शुरु गरेको हो।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षकका लागि समयसापेक्ष तालिमद्वारा प्रशिक्षित गर्न दैनिक पठनपाठन क्रियाकलापमा आवश्यक आधारभूत तालिमको सञ्चालन गरिरहेको छ । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलका अनुसार गत चैत २२ गतेको जिल्ला समितिको अनलाइन बैठकको निर्णयअनुसार दैनिक बिहान ११ बजे अनलाइन तालिम सञ्चालन गरिएको हो । “फेसबुक मेसेन्जरमा पर्याप्त सहभागी हुन नसक्ने अवस्थालाई हेर्दै जुम एपबाट तालिम शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । तालिमको नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नुभएको थियो ।

यस अवधिमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, अध्यक्ष थापा, शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक डा तुलसीप्रसाद थपलिया, डा शेषकान्त पङ्गेनी, लक्ष्मण शर्मालगायतका विज्ञबाट तालिमको सहजीकरण गरिएको छ । तालिमप्रतिको आकर्षण बढिरहेको जनाउँदै सङ्गठनका जिल्ला सचिव तीर्थराज ढकालले तालिम अवधिकै बीचमा गत चैत २९ गते सङ्गठनको ४१औँ स्थापना दिवस रर यही वैशाख १ गते नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसमेत अनलाइन प्रविधिकै उपयोगबाट गरिएको छ ।

अध्यक्ष पौडेलले समापनका अवसरमा ‘महामारीका अवस्थामा शिक्षा’ विषयमा शिक्षकका पेशागत सङ्गठन, शिक्षाविद्, नेपाल सरकारका प्रतिनिधि, अभिभावकका प्रतिनिधि तथा विद्यार्थी प्रतिनिधिसमेतको उपस्थितिमा समूहगत छलफल गरी प्राप्त सुझाव नेपाल सरकारलाई बुझाइने बताउनुभयो ।

अनलाइन तालिमको प्रभावकारिता बढ्दै गएको अवस्थामा जिल्लामा अन्य पेशागत सङ्गठनहरूले पनि अनलाइन प्रशिक्षण थालेका छन् । शिक्षक सङ्गठन कास्कीको सूचना तथा प्रविधि विभागको पहलमा गुगल क्लास पनि सञ्चालनमा गरिएको छ । आम शिक्षकलाई प्रविधिमैत्री बनाइ कोरोना म हामा रीकै अवस्थामा पनि भर्चुअल कक्षामार्फत सिकाइ क्रियाकलाप सञ्चालन गर्ने योजना रहेको विभागका संयोजक दामोदर तिमिल्सिनाले बताउनुभयो ।