एसईई नतिजा प्रकाशनको अन्तिम तयारीः यसरी हेर्न सकिन्छ नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ।

नतिजा आज (बुधबार) साँझ अथवा भोली बिहानसम्म आइसक्ने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा हेर्ने विभिन्न माध्यमको पनि जानकारी दिएको छ।

वेवसाइड, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा हेर्न सकिने छ।

सूचना प्रकाशित गरेर कार्यालयले यस्तो जानकारी गराएको हो।