अन्तर्वार्तामै बोल्दाबोल्दै रोए सुरेन्द्र यादव, अध्यादेशदेखि अ’पहर’णसम्मको डिजाइनर गोकुल (भिडियो)

काठमाडौं । संघीय समाजवादी पार्टी फुटाउने क्रममा सत्तारुढ दलका साँसद र पूर्वआईजीपीको अ’पह’र’णमा परेका समाजवादीका साँसद सुरेन्द्र यादव प्राइम टिभीको ऋण धमलाले सञ्चालन गरेको कार्यक्रममा बोल्दा बोल्दै रोएका छन् ।

उनले आफूलाई कुन अवस्थामा अपहरण गरेर काठमाडौं ल्याइएको हो ? भन्ने कुरा अभिव्यक्त गर्ने क्रममा भक्का’निएपछि ऋषिले कार्यक्रम टुङ्ग्याएका थिए । यादवले आफ्नो जुनसुकै बेला हत्या सुनसक्ने संकेत पनि औंल्याए । उनले आफू पार्टी विभाजनको पक्षमा नरहँदा नरहँदै पनि करकापममा परेर नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका साँसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले दुई दिनअघि रातिराति महोत्तरीबाट ज’बरस्ती काठमाडौं ल्याएका थिए ।

साथै, यादवले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका नेकपाका नेता गोकुल बास्कोटाले समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाउने सबै तयारी पूरा भएको बताएपछि प्रधानमन्त्रीले अध्यादेशहरु जारी गर्नेदेखि साँसद अपहरण गराउन अनुमति दिएको खुलासा पनि गरे ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस: