भारतको तरकारी र फलफूल लिन नेपालद्वारा अस्वीकार, सिमानामा रोकिए सयौं भारतीय ट्रक

काठमाडौं। नेपाल सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछिमात्र नेपाल भित्र्याउने नीति बनाएपछि त्यसको असर भारतीय व्यापारीमा देखिएको छ। यो विषयलाई भारतीय संचारमाध्यमले प्रमुखताकासाथ प्रकाशित गरेका छन्।

भारतीय अनलाइन जी न्यूजले नेपाल सरकारले भारतबाट नेपाल जाने तरकारी र फलफूल किन्न रोक लगाएको समाचार प्रकाशन गरेको छ। उक्त अनलाईनले नेपालको नयाँ नियम भन्दै काठमाडौंमा ल्याब टेस्ट गरेपछि मात्र भारतबाट नेपाल भित्रिने तरकारी र फलफूललाई एनओसी प्राप्त हुने जनाएको छ।

एनओसी प्राप्तभएपछि मात्र तरकारी र फलफूल नेपाल भित्रिने समाचारमा जनाइएको छ। ल्याब परीक्षणमा कमजोर देखिएपछि नेपालको भन्सार विभागले तरकारी र फलफूल बोकेका सयौं ट्रक फिर्ता गरेको जी न्यूजले जनाएको छ। नेपाल–भारत सीमामा तरकारी र फलफूल बोकेका सयौं ट्रक रोकिएका छन्।