नदीको किनारमा भेटियो बाबु–छोरीको शव

एजेन्सी। अमेरिकामा शरणार्थी बाबु–छोरीको मृत शरीर एउटै टि–सर्टमा बेरिएको अवस्थामा भेटिएको प्रकरणले विश्वभर चर्चा पाएको छ ।

उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । तस्वीर एल साल्भाडोरबाट आएका अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी बलेरियाको हो । अमेरिका र मेक्सिकीको बोर्डर नजिकै समुन्द्र तटमा भेटिएको उक्त तस्वीर हेर्दा मानवता भएका जो कोहीको आँखा रसाउँछ ।

शवमा बाबु–छोरी एकआपसमा यसरी टाँसिएका छन्–मानौं कि मृत शरीरले पनि एकअर्कालाई प्रेम गरिरहेको छ । अमेरिकामा शरणार्थी भएर बस्न उनले हर कोसिस गरिरहेका थिए । बाबु–आमा र छोरी एकैसाथ सबै पर्खाल नाघ्न खोजिरहेका थिए । त्यस क्रममा छोरी पानीमा खसिन् । छोरी बचाउन हामफालेका उनी पनि बगेर मरे । छोरी भेटे पनि उनी तैरिएर बाहिर आउन सकेनन् ।