अभिनेत्री कृति भट्टराईले गरिन् दोस्रो बिहे, को हुन दुल्हा ?

काठमाडौं। ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् ।

‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ टेलिसिरियलमा समेत अभिनय गरेकी उनले रोहित पौडेलसँग बुधबार दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेकी हुन् ।

रोहित पेशाले इन्जिनियर हुन् । विवाह समारोहमा दुलहा–दुहली दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति थियो । कृति पछिल्लो समय सिने क्षेत्रबाट अलि टाढा छिन् । उनले राम्रो स्क्रिप्टबाट अफर नआएका कारण फिल्म नगरेको बताउँदै आएकी छन् ।

सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि उनी लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् ।

रविसँग उनको प्रेम र अन्तरजातीय विवाह भएको थियो । केही महिनायता कृति नयाँ बानेश्वर थापागाउँको अग्र्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी छन् । उनी आरजे र भिजे समेत हुन् ।