श्रीदेवीको फेक आइडी बनाएर ठगी धन्दा गर्ने महिला पक्राउ

एजेन्सी। अहिले सामाजिक सञ्जाल फेसबुक विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सञ्जालहरुमा पर्न सफल भएको छ । विश्वका अर्बौ मानिसहरु फेसबुक चलाउँदै आएका छन् । फेसबुक चलाउँदै जाँदा नक्कली फेसबुक आइडी बनाउने कुरा पनि अत्ति सामान्य भएको छ । पहिले पहिले नामका आधारमा पनि फेक आइडी चिन्न सहज हुन्थ्यो तर अहिले त गाह्रो पर्ने गर्छ । अहिले नाम ठेगाना र अन्य सबै जानकारी गलत्त राखेर आइडी चलाउनेहरुको जमात बढ्दो छ । अहिले मानिसहरुमा फेक आइडी बनाउने कुरामा पनि ठुलो ज्ञान प्राप्त भएको छ भन्दा सायद गलत्त हुँदैन । उनिहरु नाम, ठेगाना, तस्वीर र अन्य जानकारी मिल्दोजुल्दो गरेर राख्छन । हामीलाई लाग्छ कि यो फेक आइडी होईन ।

विस्तारै उनिहरु साथिलाई फ्रेन्ड रिवस्ट पठाउँने गर्दछन । विस्तारै विस्तारै म्युचल फ्रेन्ड पनि बढ्दै जाँदा मानिसहरुलाई लाग्छ यो सही आइडी हो । यस्तै डरलाग्दो घटना अहिले बाहिर आएको छ । भारतको तेलंगाना राज्यमा फेक फेसबुक बनाएर ठगी गर्ने महिला प्रहरी फन्दामा पर्न सफल भएकी छिन् । तलंगानामा ईनाडु टेलीविजन प्राइवेट लिमिटेडको एक सञ्चारगृह रहेको छ । यस टेलिभीजनको प्रोड्यूसर–डायरेक्टर हुँ भन्दै एक श्रीदेवी तुम्माला नामको फेसबुक आइडी बन्यो । यस आइडी मार्फत मानिसहरुलाई कलाकारिता वा टेलिभीजन संसारमा आउँनको लागि सुनौलो मौका भन्दै स्टाटस र म्यासेज गर्न थालियो ।

श्रीदेवी तुम्माला प्रोड्यूसर–डायरेक्टर भएको कुरामा कसैले शंका गर्न सकेनन् । तर यो सब तेलंगाना की एक ३३ वर्षकी महिलाको थियो जुन वास्तवमा नै गलत थियो । पछि टेलिभीजनका प्रमुख प्रबन्धक बीवीआर मूर्तिले यस विषयमा प्रहरीको मुद्धा दायर गरेका थिए भारतीय संविधान सेक्शन ४१९ (अरु कसैको पहिचाहन लिएर धोका दिन), ४२० (धोखाधड़ी), सूचना प्रौद्योगिकी अधिनियमको धारा ६६ (सी) र ६६ (डी) मा आधारित रहेकर मुद्धा दायर गरिएको थियो ।

श्रीलताको मान्छेहरुलाई ठग्ने सजलो तरिका रहेको थियो । सन २०१८ मा उनले श्रीदेवी नामको फेक आइडी बनाईन् । उनलाई टिभी देख्न खुबै मन पर्ने गर्थ्यो अनी त्यहाँबाट उनले श्रीदेवी नाम पत्ता लगाईन् । टिभीमा आएकी श्रीदेवी देखेर उनले आइडीको नाम पनि श्रीदेवी बनाईन् । उनले श्रीदेवीको बारेमा सबै कुराहरु राखेर मानिसहरुलाई आश्वासन दिन थालिन । उनी काम भन्दा पहिले रकम माग्ने गर्दै आएकी थिईन् ।

उनले विवाहको काम गर्छु भनेर पनि पैसा असुल गरेको खुल्न आएको छ । उनले एकजना मनिकोन्डाका एक व्यक्तिलाई गलत तस्वीर देखाएर माया जालमा फसाउन सफल भईन । उनले समयसमयमा गरेर ति व्यक्तिबाट ६ लाख भारु आफ्नो खातामा जम्मा गर्न लगाएको खुल्न आएको छ । उनले विवाहको आश्वासन दिएको व्यक्तिको नाम क्रान्ति कुमार भएको प्रहरीले जानकारी दिएको छ ।

उनी च्याटमार्फत गलत युवतीको तस्वीर देखाएर केटाहरुलाई फसाउने गर्थिन् । क्रान्ति कुमारलाई मात्रै श्रीलताले ठगेको भन्ने कुरा विल्कुल गलत हो । गत वर्ष उनले वंशी नामका एक कलाकारलाई टिभी सिरीयलमा खेलाउने भन्दै ५० हजार भारु जम्मा गर्न लगाएकी र्थिइन् । हैदराबादको रचकोंडा प्रहरीले यो मुद्धा हेरिरहेको छ ।