यस्तो रहनेछ आजको मौसम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज बिहिबारको मौसमी विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार विहिबार दिउसो देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि हुनेछ ।

यसैगरी पश्चिमि भूभागमा आंशिक बदलि रहनेछ। पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।