
सल्लीबजार। सल्यानकाे सल्लीबजारमा रहेकाे वनगाड खाेलमा वर्षाकाे समयमा यात्रुहरूले सास्ती खेप्ने गर्दछन् । खाेलामा बाढी आउँदा गाडी तराउँन सकिदैन । तर यहाँका स्थानीय युवाले यात्रुबाट मनासिव माफिक भन्दा बढी रकम लिएर खाेला तारिदिने गर्छन् । यही सडक मार्फत जाजरकाेट हुँदै डाेल्पासम्म सडक सञ्जाल जाेडिएकाे भएपनि याे खाेलामा अहिलेसम्म पक्की पुल निर्माण हुन नसक्दा यात्रुहरूले वर्षामा सास्ती खेप्दै आएका हुन् ।
यात्रुहरूलाई सास्ती हुँदै गर्दा यहाँका स्थानीय युवाहरूलाई भने कमाइ खाने मेलाे समेत वर्षा याम रहेकाे पाइन्छ । स्थानीय युवाहरू खाेला उर्लेर आएका बखत यात्रुहरूलाई खाेला तारेवापत मनाेमानी रकम लिने गर्दछन् । प्रतिव्यक्ति एकसय रूपैयाँ लिने गरेकाे कान्तिपुरका वरिष्ठ पत्रकार हरिहरसिंह राठाैर बताउँछन् । उनका अनुसार चिनेजानेकालाई मिलाएर एकसय रूपैयाँ लिने गरेकाे पाइन्छ । तर अन्य यात्रुबाट अझ चर्काे रकम असुल गर्दछन् ।
यस वनगाड खाेलामा पक्की पुल नबन्दा बाढी उर्लेर आएका बखत यात्रुबाहक बस र यात्रुहरू अलपत्र पर्ने गर्दछन् । बाध्यतावस यात्रुहरू स्थानीय युवासँग खाेला तारी माग्छन् । आपतकालिन अवस्थामा बार्गेनिङ गर्न नसकिने हुँदा यात्रुहरू निकै मर्कामा पर्ने गरेकाे एक यात्रुले बताएका छन् । याे खाेला उर्लेर आउँदा धेरैकाे ज्यान समेत लिने गरेकाे स्थानीय बताउँछन् ।
