एउटै खुट्टाले संसार हल्लाउदै सिता सुबेदी (भिडियो)

काठमाडौं। भनिन्छ ‘एउटा हातले ताली बज्दैन ।’ तर, ताली नबजेर के भो र । चुट्की त केवल एउटै हातले बज्छ नि । हो, एकअर्काको साथ र सहयोगबिना जीवन जिउँन गाह्रो छ । तर, निरन्तर मेहेनत र संघर्ष गर्ने हो भने एकदिन सफलताको शिखर चुम्न सकिन्छ भन्ने थुप्रै उदाहरणीय पात्रहरु छन् हाम्रो समाजमा ।

उदाहरणीय प्रेरणादायी व्यक्तित्वहरु मध्ये एक हुन् सिता सुबेदी ।  जसले आफु शारीरिकरुपमा फरक क्षमताको भएर पनि सफलताको चुचुरो चुम्न सफल भएका छन् । एउटा मात्रै खुट्टा भएर पनि प्रगतिको अनगिन्ती पाइला चाल्ने नेपाली महिला सिता ।

उनले सबैभन्दा पहिला आफुलाई नै सावित गर्दै अघि बढिरहेका छन् । अर्कोकुरा घर परिवार, गाउँ समाज तथा सिंगो राष्ट्रको लागि उनी प्रेरणाको स्रोत बनिरहेका छन् । आखिर को हुन त एउटै खुट्टाले तहल्का मच्चाएका सिता ? हेरो तलको भिडियोः