घट्यो ग्यासको मूल्य

भारत। भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्यासको मूल्य घटाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटेको छ।

भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेको छ। तीन महिना यता भारतमा ग्यासको मूल्य घटिरहेको छ।

कोरोना भाइरसको महामारीकाबीच विश्वमा पेट्रोलियम पदार्थको मूल्यसमेत घटेको छ।