सशस्त्रमा इन्धनको दुरुपयोगः दुई गाडीका लागि ३ महिनामा ६ करोडको तेल खर्च

काठमाडौं। सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले २ वटा गाडीका लागि ३ महिनामा ६ करोडको तेल हालेर नयाँ रेकर्ड कायम गरेका छन् । खनाल २०७४ चैत २७ मा आइजीपी नियुक्त भएका हुन् । उनी आइजीपी नियुक्त भएको २०७४ असारसम्म २ वटा गाडीका लागि ६ करोडको तेल हालेको स्रोतले बताएको छ।

६ करोडको तेल त दुई वटा गाडी दिनमा २ पटक धुँदा पनि सकिंदैन । कसरी खपत भयो रु यो आश्चर्यको बिषय हो । तर, सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्,‘यो सत्य कुरा हो, सरोकारवाला निकायले २०७४ बैशाख १ देखि २०७४ असार मसान्तसम्मको विवरण लिने हो भने २ वटा गाडीका लागि तीन महिनामा ६ करोडको इन्धन खपत भएको तथ्य खुल्नेछ ।’ सशस्त्रमा इन्धनमा यस्तो बम्हलुट जारी छ।

आइजीपी खनालले शिर्ष नेतादेखि विभिन्न नेताहरुका निकटस्थहरुलाई दैनिक ५ सय लिटर तेल बितरण गर्दै आएका छन् । सशस्त्रको कामका लागि तेलको सदुपयोग गर्नुपर्नेमा बीचौलियाहरु सुवास राई, नरेश भट्ट जस्तालाई तेल दिने गरिएको छ । युनाईटेढ साप्ताहिकमा समाचार छ।