कोमल वली अष्पताल भर्ना

काठमाडौं। लोकप्रीय गायिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् । वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकितसकको निगरानीमा राखिएको छ ।

नेपाली लोकसंगितका क्षेत्रमा वलीले ठूलो योगदान पु¥याएकी छिन् । आवाजकी धनी उनी राजनीतिमा पनि जमेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।