भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहि माथी लाग्यो गम्भिर आरोप

काठमाडौं। आफुलाई भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनाउँदै अभियान अगाडि बढाइरहेका नेपालका लागी नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहि माथि गम्भिर आरोप लागेको छ । पछिल्लो समय भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा खरै रुपमा उत्रिएका शाहि माथी पश्चिमाहरुले प्रयोग गरेको एजेण्ट र २०४७ सालको संविधान व्युताउँन खोजेको आरोप लागेको छ ।

भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा देशैभरी जागरण अभियान चलाउँने क्रममा सुर्खेतमा प्रहरीले पक्राउ गरेर दमन गरेपछि थप चर्चामा आएका शाहि माथी पश्चिमा देशको पैसा खाएर नेपालका लागी नेपाली अभियानका नाममा उल्टै नेपाल विरोधी काम गरिरहेको आरोप लागेको छ ।

अधिकांश व्यक्तिहरु सामाजिक संजालमा शाहिका पक्षमा बोलीरहँदा यस भित्रको डरलाग्दो खेल रहेको भन्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हण्डले ज्ञानेन्द्र शाहिको भित्री खेल बारे बोलेका छन् । एक युटुव च्यालनमा अन्तवार्ताका क्रममा बोहोराले नेपालका लागी नेपाली अभियान २०४७ सालको संविधान व्युताउँनु पर्छ भन्नेहरुले सुरु गरेको र त्यसैमा शाहिको संलग्नता र सक्रियताले उनको नियत प्रष्ट हुने दावी गरे ।

नेपालका लगी नेपाली अभियानका अभियान्ता बालकृष्ण न्यौपाने राजावादी भएको र त्यसैमा लाग्ने ज्ञानेन्द्र शाहिलाई के भन्ने प्रश्न पनि बोहोराले गरेका छन् । बोहोराले नेपालका लागी नेपाली अभियानका अभियान्ता सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालहरुका पनि पोल खोलेका छन् । अहिले सो अभियानमा निकै जमेर लागेका अधिवक्ता सुरेन्द्र भण्डारी सिके राउतको पक्षमा वकलत गर्ने र सुडान घोटलामा मुछिएकाहरुका पक्षबाट वकालत गर्ने मान्छे कसरी यो देशको पक्षमा काम गर्ने मान्छे हुन सक्छन् भन्दै प्रश्न गरेका छन् ।

नेपालमा अस्थिरतामा खेल्न चाहनेहरुले ज्ञोनन्द्र शाहिहरुलाई प्रयोग गरेर देशमा अस्थिता मच्चाउँन खोजेको शंका गरेका छन् । ज्ञानेन्द्र शाहिलाई सुर्खेत कार्यक्रममा प्रहरीले दमन गरेको विषयमा पनि बोहोराले सुर्खेतमा दोस्रो कैलाली घटाउँन खोजिएको हुन सक्ने आशंका समेत गरेका छन् । पृष्ठभुमि नहेरीकन कसैको पनि पछि लाग्न नहुने भन्दै ज्ञानेन्द्र शाहि माथि सरकारले अनुसन्धान गरिनु पर्ने पनि बोहोराले माग गरेका छन् ।

प्रधामन्त्री केपी ओली माथी पनि खनिएका बोहोराले अहिले जेलमा हुन पर्ने मान्छे प्रधानमन्त्री भएको भन्दै उनले ओली माथी पनी एक एक हिसाब खोजीने बताए । हाम्रो पार्टी नेपाल बैधानिक विद्रोहको कार्यदिशा बोकेको भन्दै उनले परि आए बन्दुक उठाउँन पनि पछि नपर्ने बताए । ओलीलाई राजिनतिक भगौडा भन्दै उनले सरकार विरुद्ध सशक्त कदम चाल्ने चुनौती दिएका छन् । भिडियो हेर्नुहोस: