सामाजिक सञ्जाल दुरुपयोग गरेर पिडितलाई नै ‘भुमाफिया’ बनाईंदै !

  • विक्रम लिम्बु

मोरङ। गत असार १० गते बेलुकाको १० बजे प्रदेश १ को मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-३ मा स्थित अस्पतालको जग्गा अतिक्रमणबारे सामाजिक सञ्जालमा मंगलबारे पेज नामको आइडिबाट समाचार सम्प्रेषण गरिएको थियो। उक्त पेजमा अस्पतालको जग्गा २ घरका सदस्य मिलेर अस्पतालको जग्गा अतिक्रमण गर्ने प्रयास गरिएको खवर सम्प्रेषण भएको छ।

मंगलबारे अस्पताल

उक्त पेजले जनाए अनुसार अस्पतालका अध्यक्ष एवं उर्लाबारी नगरपालिका वडा नं- ५ का वडाध्यक्ष रहेका भानु पराजुली उदृत गरि उल्लेख गरिएको छ। अस्पतालकै जग्गासंग टासिएको स्थानीयको जग्गामा वाल लगाउन खोजेपछि प्रहरीको सहयोगमा उक्त वाल लगाउनबाट रोकिएको उल्लेख गरिएको छ।

विवादमा तानिएको जग्गा

यहि सन्दर्भमा हामिले स्थानीय भनिएका उक्त अस्पतालको वालसंगै टासिएका १ घरका सदस्य सुरेश खड्का र भिषण खड्कासंग यो बिषयमा जिज्ञासा राखेका थियौं। उहाँहरुका अनुसार उक्त अस्पतालको जग्गा कतैबाट पनि मिच्न नखोजेको बताएका छन्। उहाँहरुले सामाजिक सञ्जालमा नक्सा सहित प्रष्ट रुपमा नापि बिभागमै उहाँहरुकै नामको रहेको जग्गा कित्ताकाटमा संरचना बनाउन खोजेको बताएका थिए। बरु, उल्टो अस्पतालको वाल नम्बरी जग्गा भित्र रहेकोले ढिलो चाँडो उक्त वाल माथि सर्ने बताएका छन। यसर्थ, अस्पतालको जग्गा अतिक्रमण गर्न खोजेको कुरा कुनै पनि सहि नरहेको खुलस्त पारेका छन्।

उहाँहरु ‘उक्तखबर लेख्ने ब्यक्तिलाई नै मानहानिको मुद्दा’ लगाउने चेतावनि सहित यस्ता झुठो भ्रामक खबर नलेख्न आग्रह गरेका छन्। यदि अब उप्रान्त यस्तो भ्रामक समाचार लेखे आफ्नो तर्फबाट मानहानिको उजुरि लगाउने समेत चेतवानी दिएका थिए। साथै उहाँहरुले यो खबर लेख्ने ब्यक्तिलाई नै शंका गर्दै खबर लेख्ने व्यक्ति स्थानीयकै रहेको शंका गरेका छन्। उक्त पेज कयौं समय अघि देखि स्थानीय पत्रकार भाइले नै चलाएको हो भन्ने कुरा थाहा भएको कारण यस्तो एकपक्षिय खवर भ्रामक कुरा नलेख्न समेत बताएका छन्।

हामी संग कुरा गर्दै (भिषण)

पत्रकार भाइ त्यहा उपस्थित नभइ लेखिएको समाचार भ्रामक हो,कुनै काठमाडौको एउटा कोठा बाट लेखी रहेको कुरा मलाई थाहा छ -उनले भने। हामी आफै पिडित छौ,तल बाट सडक र माथि बाट अस्पतालले चेपि रहेको छ।यस्तो अबस्थामा हामिले कसरी अतिक्रमण गर्छौ? मलाइ लाग्छ हामिलाई उल्टै पत्रकारको सहयोगमा भुमाफिया बनाउन खोजिएको हुनु पर्छ। उर्लाबारी नगरपालिका ३ को हालको अस्पतालको क्षेत्रफल २ बिगाह ७ कठ्ठा रहेको जनाइएको छ।तर उक्त जग्गा सडक सहितको रहेको छ।