सात सन्तानकी आमा ६९ वर्षिया युगमाया कार्कीको यस्तो रह्यो एसईईको नतिजा

काठमाडौं। अध्यन र उमेरको कुनै सम्बन्ध हुँदैन । विश्वमा धेरै मानिसहरुलाई मानिसको उमेरले पढाईमा प्रभाव पार्छ भन्ने लाग्दैन । नेपाली समाजमा त वृद्धावस्थामा अध्यन गर्न थाल्यो भने कुरा काट्दै हिड्ने पनि चलन रहेको छ । पछिल्ला दिनहरुमा विस्तारै कम हुँदै गएको यो चलन अहिले पनि कतै कतै नभएको भने होईन । अहिले नेपालीहरुमा विस्तारै चेतनास्तर बढ्दै जान थालेको छ । पढाईलाई उमेरले छक्दैन भन्दै वृद्धावस्थामा पनि आफ्ना नातिनातिनाहरुसँगै विद्यालय जाने हजुरबा–आमाहरुको संख्या बढ्दै जान थालेको छ । गत वर्षको एसईई परीक्षामा चर्चित हुनेहरुको सुचिमा सबैभन्दा जेष्ठ नागरिक ६९ वर्षे युगमाया कार्कीको नाम पनि अग्रपंतीमा नै राखिएको छ । उहाँले गत वर्ष दिनु भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। सात सन्तानकी आमा ६९ वर्षे युगमाया कार्कीले डी ग्रेडमा एसईई परीक्षा पास गरेकी छिन् ।

आफुलाई अंग्रेजी र विज्ञान अलि अप्ठेरो लागे पनि अरु त सजिलै जस्तो उहाँलाई परीक्षा दिदाँ लागेको थियो । ६९ वर्षको उमेरमा पनि पढाइप्रति निकै उत्साहीत देखिनुभएकी कार्की वि.सं २०७० सालदेखि तिनकुनेको उत्प्रेरणा महिला माविमा पढ्दै आउनुभएको छ । युगमायाको परीक्षाकेन्द्र तिनकुनेको सिद्धेश्वर माविमा परेको थियो । उहाँलाई परीक्षा सकिएपछि सिद्धेश्वर माविका प्रिन्सिपल प्रभावकर न्यौपाने र व्यवस्थापन समितिका अध्यक्ष्यले सम्मानसहित विदाई गर्नुभएको थियो ।

आफुले धेरै दुःख गरेर पढेको भन्दै पास हुनैपर्ने र कलेज पनि जानैपर्ने उहाँको बिचार रहेको छ । उहाँले अन्तिम परीक्षा दिएर निस्कदै गर्दा नमरि बाँचे कालले साँचे कलेज पढ्ने मलाई नयाँ जीवन दिने यहि उत्प्रेरणामा कलेज पढ्ने रहर भएको उहाँ बताउँनुहुन्छ । अहिले अध्यन गरिरहेको विद्यालयलाई नै कलेज बनाइदिएको भए सजिलो हुन्थ्यो कि पनि भन्नुभयो । उहाँलाई तिनकुनेमा भएका सबै विद्यार्थीले माया गर्छन, उहाँलाई यो विद्यालय छोडेर जान मन लाग्दैन । उहाँ अहिलेको परीक्षामा सफल हुनुहुन्छ यसमा कुनै शंका छैन । उहाँको आगामी दिनको कलेज यात्राका लागि हाम्रो पनि शुभकामना अनी वधाई