समता स्कुलकी छात्रा प्रतिभाले ल्याइन् ४ जीपीए

नवलपरासी। कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी छन् । उनीबाहेक समताकै र सुशील गिरि र वसन्त पाठकले पनि क्रमशः ३ दशमलव ९ जीपीए र ३ दशमलव ९५ ल्याएका छन् । यूकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए।

‘उनको नेपाली लेखन र चित्रकला जिल्लामै उत्कृष्ट थियो,’ उनले भने। प्रतिभा महान् व्यक्तिका डकुमन्ट्री हेर्न रुचाउने, आफूले गर्न चाहेको कुरा गरिछाड्ने र चन्चले स्वभावकी रहेको आमा यमकला भुर्तेलले बताइन्। ‘एसईईमा उनले राम्रो गर्छिन् भन्ने थियो, गरिन् पनि,’ उनले भनिन्।
आफूले सोचेअनुसारको नतिजा आएको प्रतिभाले बताइन्। ‘भविष्यमा डाक्टर बन्ने चाहना छ,’ उनले भनिन्, ‘नतिजाले खुसी लागेको छ। अझ मिहिनेत गरी पढ्छु।’